चन्द्रागिरि- २ का अध्यक्ष तामाङ घूस मुद्दामा दोषी ठहर

नेपालभ्युज

चन्द्रागिरि- २ का अध्यक्ष तामाङ घूस मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङलाई घूस मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो ।

अदालतले तामाङलाई ६ महिना कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । यसैगरी अदालतले घुस मिलाइदिने ध्रुबबहादुर कडायतलाई पनि दोषी ठहर गर्दै त्यति नै सजायको फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध  २० असारमा मुद्दा दायर गरेको थियो ।

तामाङमाथी  ललितपुर उपमहानगरपालिका-२२ बाट एक उद्योग चन्द्रागिरिमा सार्न घूस लिएको आरोप लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved