पोखरा । पोखरामा आयोजित महोत्सवमा मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको ब्यापक प्रचार भइरहेको छ ।
पोखरामा गत माघ १० गते देखी जारी ३३ औं औधगिक ब्यापार मेला एवम आइटी महोत्सव–२०८१ मा मधेस चिनाउने काम भइरहेको ‘घुमौं मधेस, बुझौं मधेस’ का कार्यक्रम संयोजक बिकास ठाकुरले जानकारी दिए ।
‘यो महोत्सवमा स्टल राखेपछि पोखरावासीहरूले मधेस घुम्ने इच्छा ब्यक्त गर्नु भएको छ,’ उनले भने, ‘मधेसका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनु भएको छ ।’
उनका अनुसार ‘घुमौं मधेस, बुझौं मधेस’ को स्टल नम्बर १ बाट मधेसमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रबारे जानकारी दिइएको छ । स्टल नम्बर ४ बाट रौतहटको कटिया र बरमझियाको पेडाँको स्टल राखेर खानाको स्वाद बारे जानकारी दिने काम भइरहे छ ।
चन्द्रपुर उद्योग बाणिज्य संघका उदय सापकोटा सुरेनले स्टल ब्यवस्थापन गरेका छन् । ‘मधेसका बारेमा धेरै चाँसो ब्यक्त गरेको देखिन्छ । धेरैले मदेश घुम्नु पर्नेमा जोड दिइरहेका छन्,’ उनले भने, ‘यो हाम्रो लागि उपलब्धी हो ।’ मधेस प्रदेश सरकार, उधोग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेस, बुझौं मधेस’ को स्टलमा हालसम्म हजारौँ मानिसले अवलोकन गरेका छन् भने आगुन्तकहरूलाइ नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित बुकलेट पनि बितरण गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले हिमाल, पहाड र मधेस जोडनका लागि यस्ता कार्यक्रमको बिशेष भुमिका रहनेसमेत जनाएका छन् । ‘हिमालका काखमा रहेकाहरू मधेसको समथर भुमीमा जानु पर्छ, मधेसका समथर भुमीमा रहेकाहरू हिमालको काखमा पुग्नु पर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउने छन्’, उनले भने । मुख्यमन्त्री पौडेलले सांस्कृतिक आदन प्रदानको कार्यक्रमहरू दुवैतर्फ गरिनु पर्नेमा पनि जोड गरेका छन ।
दर्शकको चाप बढे पछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने भएको छ ।
Facebook Comment
Comment