रास्वपाले बोलायो संसदीय दलको बैठक

नेपालभ्युज

रास्वपाले बोलायो संसदीय दलको बैठक
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

दलका नेता रवि लामिछाने सांसद पदबाट निलम्बित भएपछि  उपनेता विराजभक्त श्रेष्ठले पार्टी विधानको दफा १३(१) बमोजिम माघ १६ गते बिहान ११ बजे बस्नेगरी दलको बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यालयमा बुधबार बस्ने बैठकमा संसद अधिवेशन, समसामयिक जनसरोकारका विषय र रास्वपाले उठाउनुपर्ने मुद्दाहरू टुंग्याइने उपनेता श्रेष्ठले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने ‘अध्यादेशको विषय उठाउँछौं । अध्यादेश अध्ययन गर्न कार्यदल बनाएर छलफल गर्दैछौं, अदालत र संसद् छलेर ल्याएको यो विषय पनि सशक्त उठाउँछौं ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved