बैतडीको एक घरमा आगलागी : सात लाखभन्दा बढीको क्षति

नेपालभ्युज

बैतडीको एक घरमा आगलागी : सात लाखभन्दा बढीको क्षति
सांकेतिक तस्वीर

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको घरमा बुधबार भएको आगलागीबाट सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

भट्टको घरमा बालेको दियोबाट आगो सल्किँदा उक्त परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

आगलागीबाट भट्टको घरमा रहेको २० तोला चाँदीसहित, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट हुँदा रु सात लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved