नवनियुक्त अमेरिकी विदेशमन्त्रीलाई बधाई दिँदै परराष्ट्रमन्त्री राणाले भनिन् – सहकार्य गर्न तयार छु

नेपालभ्युज

नवनियुक्त अमेरिकी विदेशमन्त्रीलाई बधाई दिँदै परराष्ट्रमन्त्री राणाले भनिन् – सहकार्य गर्न तयार छु

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२ औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकोमा हार्दिक ज्ञापन गरेकी छिन् ।

मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत उनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोलाई बधाई दिएकी हुन् ।

परराष्ट्रमन्त्री राणाले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गरेकी छिन् ।

नवनियुक्त अमेरिकी विदेशमन्त्री रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुन् । ५३ वर्षीय उनको नियुक्तिको प्रस्तावलाई सिनेटले ९९ मतले अनुमोदन गरेको हो ।

उनलाई विदेशमन्त्री नियुक्ति गर्नेसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा एक मत पनि नपरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved