काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा अब स्वर्ण युग सुरु भएको बताएका छन् ।
साेमबार राति अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ लिएलगत्तै उनले अमेरिका अब स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र हुने बताए ।
‘अब भविष्य हाम्रो हो । र, हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ,’ उनले भने, ‘हामी असफल हुने छैनौं । आजबाट अमेरिका स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र हुनेछ ।’
आफ्नो सम्बोधनमा ट्रम्पले विजय र सफलताको नयाँ उचाइमा पुग्ने कुरा पनि गरेका छन् ।
आफ्नो सम्बोधनमा राष्ट्रपति ट्रम्पले पानामा नहर फिर्ता लिने बताए । ‘पानामा नहर हामीले चीनलाई दिएका होइनौँ । हामी यसलाई फिर्ता लिँदैछौं ।’
रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेटिककी कमला ह्यारिसलाई हराउँदै गत नोभेम्बरमा दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
Facebook Comment
Comment