कबड्डी लिग : विराटनगर र जनकपुरको विजयी सुरुवात

नेपालभ्युज

कबड्डी लिग : विराटनगर र जनकपुरको विजयी सुरुवात

काठमाडौं । विराटनगर ब्यान्डिट्स पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६–३४ ले पराजित गरेको हो । जितसँगै विराटनगरले पाँच अंक जोडेको छ ।

विराटनगरले खेलको सुरुवातदेखि नै अग्रता लिएको थियो । धनगढी पहिलो हाफमै दुईपटक अलआउट भएको थियो । सात मिनेटमै ११–६ हुँदा धनगढी पहिलोपटक अलआउट भयो । त्यसपछि २३–१४ मा पुनः धनगढी अलआउट हुन पुग्यो ।

पहिलो हाफमा २४–१६ को अग्रता बनाएको विराटनगरले खेलमा आफ्नो अग्रता फरकिलो बनाएर अघि बढ्दै खेलमा ४६–३४ को फराकिलो जित हासिल गर्यो ।

दोस्रो खेलमा जनकपुर विजयी

जनकपुर नाइट्सले पनि शनिबार नै भएको दोस्रो खेलबाट विजयी सुरुवात गरेको छ।

जनकपुरले हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गरेको हो । जितसँगै जनकपुरलेले पाँच अंक जोडेको छ ।

खेलमा हिमालयनले सुरुवाती अग्रता लिएको थियो । तर, यसपछि लगातार तीन अंक गुमाउँदै ३–१ ले पछि पर्यो । ३–३ को बराबरी खेल्दै हिमालयनले पुनरागमन गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन ।

१४–८ मा अवस्थामा खेलको १२ मिनेटमा हिमालयन अलआउट भयो । त्यसपछि खेलमा केही सुधारिएको प्रदर्शन गर्दै पहिलो हाफमा १८–११ को अवस्थामा सकायो ।

२७–१३ को अवस्थामा पुनः हिमालयन दोस्रो पटक अल आउट भयो । दोस्रो हाफको १३ मिनेट दोस्रो पटक अलआउट भएको हो । कुनै समय जनकपुरले ३०–१५ को अग्रता बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved