संसद अधिवेशनबारे शंकरको कटाक्ष – प्रचण्डले विगत बिर्सिएछन्

नेपालभ्युज

संसद अधिवेशनबारे शंकरको कटाक्ष – प्रचण्डले विगत बिर्सिएछन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशन बोलाउनेबारे विगत बिर्सिएको भन्दै  कटाक्ष गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस सेयर गर्दै महासचिव पोखेरेलले प्रचण्डले आफू प्रधानमन्त्री हुँदा माघको अन्तिम साता अधिवेशन आह्वान गरेको स्मरण  गराएका छन् ।

‘प्रचण्डजी प्रधानमन्त्री हुदाँ हिउँदे अधिवेशन माघको अन्तिम सातामा वोलाएको बिर्सनुभएछ कि क्या हो ?,’ पोखरेलले लेखेका छन् ‘उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ ।’

उनले प्रचण्डले प्रतिपक्षी दलहरूको बैठक राखेर विशेष अधिवेशन बोलाउने घुर्की लगाएको टिप्पणी गरेका छन् ।

‘उहाँले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन वोलाउने घुर्की समेत लगाउनु भएछ,’ उनले भने, ‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पुरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्‍यो क्यारे ! होइन त ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved