एपीएफको लगातार दोस्रो जित, गण्डकी ८ विकेटले पराजित

नेपालभ्युज

एपीएफको लगातार दोस्रो जित, गण्डकी ८ विकेटले पराजित

काठमाडौं । महिला प्रधानमन्त्री कपमा एपीएफले लगातार दोस्रो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार एपीएफले गण्डकीलाई ८ विकेटले पराजित गरेको हो । यसअघि कर्णाली प्रदेशलाई एपीएफले १११ रनले हराएको थियो ।

गण्डकीले दिएको ७१ रनको सामान्य लक्ष्य एपीएफले ९.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

एपीएफका लागि कप्तान इन्दु बर्माले अविजित २६ रन बनाइन् । ममता चौधरीले १८, रोमा थापाले १४, राजमती ऐरीले ८ रन बनाइन् ।

यसअघि गण्डकीले १५ ओभर खेलेर ४ विकेटको क्षतिमा ७० रन बनाएको थियो ।

गण्डकीका लागि कप्तान सृजना पौडेलले २५ र श्रेया साहीले १३ रन बनाइन् । रेखा तामाङले १७ र निरुता जीटीले ५ रन जोडिन् ।

एपीएफका लागि करुणा भण्डारी र बिनु बुढाले एक/एक विकेट लिइन् ।

खराब मौसमका कारण खेल निर्धारित समयभन्दा ढिला सुरु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved