२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक

नेपालभ्युज

२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक
फाइल फोटो

काठमाडौं । विसं २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । उक्त तालिका परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मंगलबार सार्वजनिक गरेको हो ।

तालिकाअनुसार एसईई परीक्षा यसै वर्षको चैत ७ गतेदेखि सुरु हुनेछ ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस दिन गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।

चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने तालिका छ ।

हेरौँ तालिका :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved