उद्योगमन्त्रीसँगको भेटमा बिम्स्टेकका महासचिवको प्रतिबद्धता– नेपालले राखेका अपेक्षा पूरा गर्न प्रयत्न गर्छु

नेपालभ्युज

उद्योगमन्त्रीसँगको भेटमा बिम्स्टेकका महासचिवको प्रतिबद्धता– नेपालले राखेका अपेक्षा पूरा गर्न प्रयत्न गर्छु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले भेटवार्ता गरेका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले बिम्स्टेक क्षेत्रलाई दिगो विकास, आर्थिक एकीकरण र साझा समृद्धिको क्षेत्रमा रुपान्तरण गर्न बिम्स्टेक बडापत्रमा समाविष्ट उच्च आदर्श र उद्देश्यप्रति नेपाल दृढ रहेको बताएका थिए ।

मन्त्री भण्डारीको सचिवालयका अनुसार उनले सन् २००४ मा बिम्स्टेकको सदस्य भएदेखि नेपालले बिम्स्टेक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिको सर्वाङ्गीण लक्ष्य प्राप्त गर्न सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग र साझेदारी अभिवृद्धि गर्न सक्रिय भूमिका खेल्दै आएको बताए ।

सन् २००४ मा हस्ताक्षर भएको बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी फ्रेमवर्क सम्झौतालाई पूर्णरुप दिन र यसअन्तर्गतका विभिन्न पूरक सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने कार्यमा हालसम्म विभिन्न संयन्त्रको बैठकमा नेपाल निरन्तर सहभागी भएको उनको भनाइ थियो ।

भेटका क्रममा बिम्स्टेकका महासचिव पाण्डेले बिम्स्टेकसँग नेपालले राखेका अपेक्षा पूरा गर्न प्रयत्न गर्ने बताए । उनले बिम्स्टेक राष्ट्रबीचको व्यावसायिक सम्बन्धसँगै आपसी भाइचारासमेत बढाउन आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved