लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर, थुनछेक बहसको तयारी

नेपालभ्युज

लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर, थुनछेक बहसको तयारी

काठमाडौं । प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।

उनी सहकारी ठगी प्रकरणमा फरार थिइन् । कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।

यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ । कोइराला अदालत पुगेपछि थुनछेक बहसको तयारी थालिएको बुढाथोकीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved