सन्दीपले तोडे दास र शेखको शतकीय साझेदारी, पहिलो सेसनमा आर्मीले बनायो १२७ रन

नेपालभ्युज

सन्दीपले तोडे दास र शेखको शतकीय साझेदारी, पहिलो सेसनमा आर्मीले बनायो १२७ रन

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबले पहिलो सेसन सकिँदा १२७ रन बनाएको छ ।

जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा जारी आफ्नो पहिलो इनिङ्समा आर्मीले २९ ओभरमा १ गुमाएर १२७ रन बनाएको हो ।

अहिले आर्मीका लागि इम्रान शेख ५६ र भीम सार्की ८ रनमा अविजित छन् ।

बागमतीका सन्दीप लामिछानेले त्रित्र राज दासलाई ४४ रनमा आउट गरेका हुन् ।

२३.२ ओभरमा सन्दीपले दास र इम्रान शेखको १०३ रनको साझेदारी तोडेका हुन् । दासलाई सन्दीपले एलबीडब्लु आउट गरे ।

यसलगत्तै आर्मीका शेखले ७८ बलमा ५० रन पूरा गरेका हुन् । सो क्रममा उनले ८ चौका प्रहार गरे।

टस जितेर बागमतीले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved