भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि…

नेपालभ्युज

भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ गरिएको छ ।

उडे लगत्तै उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।

विमानस्थल स्रोतकाअनुसार बिहान १०:३८ मा काठमाडौंबाट उडेको थियो । आधा बाटोमा पुगिसकेको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि ११:१५ बजे त्रिभुवन विमानस्थलमा ‘डाइभर्ट’ गरिएको हो ।

सोहीकारण केहीबेर आन्तरिक तथा बाह्य विमानहरुलाई होल्ड गराउनु परेको थियो ।

केही समय समस्या भएपनि यात्रुलाई अब अर्को विमानमार्फत सुरक्षित रुपमा भद्रपुर पठाउने तयारी गरिएको विमानस्थल स्रोतले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved