हमास ३४ बन्धकलाई रिहा गर्न तयार, सम्झौताका लागि इजरायलसँग वार्ता

नेपालभ्युज

हमास ३४ बन्धकलाई रिहा गर्न तयार, सम्झौताका लागि इजरायलसँग वार्ता
तस्वीर साभार : गेटी इमेज ।

काठमाडौं । प्यालेस्टाइनी संगठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमति जनाएको छ ।

हमासका एक वरिष्ठ अधिकारीले हालै ३४ बन्धकको सूची साझा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

यससँगै इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न हमास सहमत भएको ती अधिकारीले बताए ।

यीमध्ये कतिजना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना बन्धक छन् । जसमा केही युवा (पुरुष) पनि समावेश छन् । जसलाई हमासले इजरायली हवाई आक्रमणका क्रममा हत्या गरिएको यसअघि दाबी गरिएको थियो ।

हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको बताएको छ ।

यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको जनाएको छ ।

यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो ।

इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो ।

आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएको आक्रमणमा ८८ जनाको ज्यान गएको बताएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved