स्टार्टअप उद्यम कर्जा : प्रारम्भिक छनोटमा एक हजार ३१४ आवेदक

नेपालभ्युज

स्टार्टअप उद्यम कर्जा : प्रारम्भिक छनोटमा एक हजार ३१४ आवेदक

काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएकाहरूमध्ये प्रारम्भिक चरणमा प्रवेश गरेकाहरूको सूची सार्वजनिक भएको छ ।

औद्योगिक व्यवसाय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ बमोजिम गत भदौ ११ देखि ३१ सम्म आवेदन आह्वान गरेको थियो ।

सो अवधिमा कुल ५ हजार १५८ आवेदन परेकोमा १ हजार ३१४ आवेदक प्रारम्भिक छनोटमा परेको प्रतिष्ठानले शुक्रबार सूचना प्रकाशित गरी जानकारी दिएको छ ।
प्रतिष्ठानका अनुसार यस वर्ष उक्त कार्यक्रमको बजेट १ अर्ब रुपैयाँको रहेको र जसबाट बढीमा ६०० जनालाई कर्जा दिने योजना रहेको छ ।

यो वर्ष पनि उद्यमीले छानिएका परियोजनाका लागि बढीमा २५ लाख रुपैयाँ कर्जा पाउनेछन् । सरकारले उद्यमीले पेस गरेका योग्य परियोजना धितो राखेर यस्तो कर्जा उपलब्ध गराउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved