हारपछि गौतम गम्भीरको प्रतिक्रिया : यो टिम न मेरो हो न तिम्रो…

नेपालभ्युज

हारपछि गौतम गम्भीरको प्रतिक्रिया : यो टिम न मेरो हो न तिम्रो…

काठमाडौं । भारतीय क्रिकेट टोलीले अष्ट्रेलियासँग ३ दिनमै हार व्यहोरेको छ ।

यो हारसँगै टीम इन्डियाले १० वर्षपछि बोर्डर गावस्कर ट्रफीमा आफ्नो दबदबा गुमाएको छ ।

सिड्नी टेस्ट जित्न अष्ट्रेलियालाई १६२ रन आवश्यक थियो । आयोजक टोलीले ४ विकेट गुमाएपछि ५ खेलको टेष्ट सिरिज ३–१ ले जितेको हो ।

खेल हारेपछि प्रशिक्षक गौतम गम्भीरले यो टिम न मेरो हो न तिम्रो… भन्ने प्रतिक्रिया दिएका छन् ।

गम्भीरले सिड्नी टेस्टमा पराजयपछि मिडियासँग भने, ‘हेर न यो मेरो टिम हो न तिम्रो टिम । यो हाम्रो देशको टोली हो । हाम्रो एउटै लक्ष्य यो टोलीलाई अगाडि बढाउनु हो । भारतीय टोलीका सबै खेलाडी इमानदार छन् र यस्तो टोलीसँग काम गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु । खेलाडीहरूलाई कति भोक छ र यसले टोलीलाई कति फाइदा पुर्‍याउँछ भन्ने थाहा छ । टोलीको हितमा निर्णय लिन उनीहरु पछि हट्ने छैनन् ।’

उनले थप भने, ‘मेरो काम सबैलाई समान व्यवहार गर्ने हो । यदि मैले एक वा दुई खेलाडीलाई राम्रो व्यवहार गरे र बाँकीलाई फरक व्यवहार गरे भने यो मेरो कामको लागि न्याय हुनेछैन । प्रशिक्षकको हैसियतमा मेरो काम हरेक खेलाडीलाई सहयोग गर्ने हो, चाहे नयाँ होस् वा सिनियर होस् वा अहिलेसम्म भारतका लागि नखेलेको होस् ।’

जितसँगै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved