गायक अरमान मलिकले गरे बिहे

नेपालभ्युज

गायक अरमान मलिकले गरे बिहे

काठमाडौं । भारतीय गायक अरमान मलिकले प्रेमिका आशना श्राफसँग विवाह गरेका छन् ।

गायकले सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्वीर सेयर गरेका छन् । तस्वीरमा जोडी रङ्गीन पहिरनमा देखिएका छन् । विवाहमा आशनाले सुन्तला रङ्गको लेहेंगा लगाएकी थिइन् भने अरमानले पेस्टल शेडको शेरवानी सूट लगाएका थिए ।

तस्वीर सेयर गर्दै अरमान मलिकले क्याप्सनमा लेखेका छन्, ‘तिमी मेरो घर हौ ।’

अरमान र आशनाले अगस्ट २०२३ मा इन्गेजमेन्ट गरेका थिए । यस अवधिमा पनि गायकले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई खुसीको खबर सेयर गरेका थिए ।

इन्गेजमेन्टको तस्वीरमा अरमान मलिक घुँडा टेकेर आशनालाई औँठी दिएर बसेका छन् । पोष्ट सेयर गर्दै अरमानले क्याप्शन लेखेका थिए, ‘हाम्रो सदाको सम्बन्ध अहिलेदेखि सुरु भएको छ ।’

अरमान मलिक सन् २०१९ देखि आशना श्राफसँग डेट गरिरहेका थिए ।

आशना एक फेसन प्रभावकार र ब्लगर हुन् । उनलाई कस्मोपोलिटन लक्जरी फेसन इन्फ्लुएन्सर अफ द इयर २०२३ को उपाधि पनि दिइएको थियो ।

अरमान मलिकको कुरा गर्दा उनी संगीतकार अनु मलिकका भतिजा हुन् र गायक हुन् । अरमानले आवाज तुम हो, बोल दो ना जरा र बुट्टा बोम्मा जस्ता गीत गाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved