आज पनि बढ्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज (शुक्रबार) पनि बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ ।

बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको थियो । बिहीबार तोलामा ५०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँले कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved