काठमाडौं । विश्वकै शक्तिशाली देश अमेरिकामा पछिल्लो समय अशान्ति छाएको छ । निरन्तर ‘आतङ्कवादी’ घटना भइरहेका छन् ।
न्यू अर्लिन्समा भएको आक्रमणको एक दिनपछि लस भेगासस्थित ट्रम्प होटलबाहिर टेस्ला साइबर ट्रकमा विस्फोट भएको छ ।
बिहीबार बिहान भएको विस्फोटबाट चालकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएको बीबीसीको समाचारमा उल्लेख छ ।
बुधबार ट्रक होटल अगाडिको सिसाको ढोकामा रोकिएको प्रहरीले जनाएको छ । त्यही क्रममा धुवाँ निस्कन थालेको थियो र केहीबेरमा विस्फोट भएको थियो ।
अमेरिकी धनाढ्य एलन मस्कले टेस्ला साइबर ट्रकमा भएको विस्फोट र न्यू अर्लिन्सको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताए ।
यता अमेरिकी राष्ट्रपति जो बाइडनले भने पत्रकार सम्मेलन गरेर यी दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताएका छन् ।
अमेरिकाको न्यू अर्लिन्समा पिक–अप ट्रकले मानिसलाई किचेको घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । यस्तै ३५ जना घाइते भएका छन् ।
न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा बुधबार बिहान नयाँ वर्षको चहलपहलका क्रममा एक ट्रक भीडमा घुसेको थियो । अनि मानिसहरूलाई लखेट्दै किचेको थियो ।
ट्रम्प होटल अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा भएको होटल हो ।
सम्बन्धित समाचार :
Facebook Comment
Comment