काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू अर्लिन्समा भएको ‘आतङ्कवादी’ आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।
ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत देशमा अपराध दर कसैले नदेखेको स्तरमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘जब मैले देशमा आउने अपराधीहरू देशमा रहेका अपराधीहरूभन्दा धेरै खराब छन् भनेँ, मेरो भनाइलाई डेमोक्रेटिक पार्टी र फेक मिडियाले खारेज गरेको थियो, तर अहिले भएको छ सत्य साबित हुँदैछ,’
उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘हाम्रो देशमा अपराध दर कसैले नदेखेको स्तरमा पुगेको छ ।’
ट्रम्पले आफूहरू न्यू अर्लिन्सका साहसी प्रहरी अधिकारीहरूको साथमा रहेको बताएका छन् ।
‘हाम्रो हृदय सबै निर्दोष पीडितहरू र उनीहरूका परिवारहरूसँग छ । साथै, हामी न्यू अर्लिन्सका साहसी प्रहरी अधिकारीहरूको साथमा छौं । ट्रम्प प्रशासनले यस बर्बर घटनाको अनुसन्धानमा न्यू अर्लिन्स शहरलाई पूर्ण सहयोग गर्नेछ,’ उनले भनेका छन् ।
रिपब्लिकन पार्टीका नेता ट्रम्पले यसै महिनाको २० तारिखमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।
अमेरिकामा एक व्यक्तिले भीडमा ट्रकले किचेर १५ व्यक्तिको हत्या गरेका छन् भने ३५ जना घाइते भएका छन् ।
Facebook Comment
Comment