पाकिस्तानमा प्रहरीको गाडीमा बम विस्फोट, आठ जना घाइते

नेपालभ्युज

पाकिस्तानमा प्रहरीको गाडीमा बम विस्फोट, आठ जना घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा मंगलबार प्रहरीको गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा कम्तीमा आठ जना घाइते भएका छन् ।

जिल्लाको सोरङ्गी क्षेत्रमा गस्तीका क्रममा सडक किनारमा बम विष्फोट हुँदा आठजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो ।

विष्फोटमा परी एक प्रहरी अधिकृत र चार जना हवल्दार घाइते भएको प्रहरीले जनाएको छ ।

बम डिस्पोजल टोलीका अनुसार सडकको छेउमा राखिएको बमलाई रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको थियो ।

सुरक्षा बल र प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर दोषीको खोजी सुरु गरेको छ ।

आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved