मकवानपुरमा बाघले मान्छे मार्‍यो

नेपालभ्युज

मकवानपुरमा बाघले मान्छे मार्‍यो
फाइल तस्वीर

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ ।

मनहरी-५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा आइतबार अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो ।

आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५ सय मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

बाघले रुम्बाको ६ वटा बाख्रा पनि मारेको स्थानीय केशव सुवेदीले जानकारी दिए । अहिले वसन्तपुर गाउँ त्रसित बनेको छ ।

मनहरीमा ४ महिनाअघि भैँसीले हानेर बाघ मरेको थियो । गत ५ भदौमा मनहरी गाउँपालिका-६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved