परराष्ट्रमन्त्री राणाले भारतीय दूतावास पुगेर दिइन् मनमोहन सिंहप्रति श्रद्धाञ्जली

नेपालभ्युज

परराष्ट्रमन्त्री राणाले भारतीय दूतावास पुगेर दिइन् मनमोहन सिंहप्रति श्रद्धाञ्जली

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।

मन्त्री राणाले आइतबार साँझ लैनचौरस्थित भारतीय राजदूतावासमा पुगी स्व सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । उनले सो शोक पुस्तिकामा ‘भारतका पूर्वप्रधानमन्त्री सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र हुनुहुन्थ्यो’ भनेकी छिन् ।

उक्त पुस्तिकामा परराष्ट्रमन्त्री राणाले स्व सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गरेको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उनी सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गरेकी छिन् । मन्त्री राणाले उनको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताएकी छिन् ।

भारतीय पूर्वप्रधानमन्त्री सिंहको उपचारका क्रममा गत बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved