मरेको कुखुराको मासु खाएपछि एकजनाको मृत्यु, ३ जना बिरामी, पसले पक्राउ

नेपालभ्युज

मरेको कुखुराको मासु खाएपछि एकजनाको मृत्यु, ३ जना बिरामी, पसले पक्राउ
प्रतीकात्मक तस्वीर ।

अछाम । अछाममा मरेको कुखुराको मासु खाएपछि एक किशोरको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बिरामी परेका छन् ।

कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको हो ।

उनका परिवारका तीनजना बिरामी परेको उपचार भइरहेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले बताए ।

कमलले शुक्रबार स्थानीय मासु पसलबाट मरेको कुखुराको मासु ल्याएर खाएका थिए । मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको हो ।

मृतककि हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाति ९ वर्षीय विकास बिक बिरामी छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि मासु पसल सञ्चालक पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved