बिजुलीकली बनिन् मिस हात्ती

नेपालभ्युज

बिजुलीकली बनिन् मिस हात्ती

चितवन । सौराहामा पौष ११ गतेदेखि जारी १८औं हात्ती एवम् पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षिया ‘बिजुलीकली’ले जितेकी छिन् ।

बागमारा सामुदायिक वनको चौरमा आज आयोजित प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँड्दाको चाल, स्वास्थ्यलगायतका बुँदामा उनी सबभन्दा उत्कृष्ट हुन सफल भइ उपाधि जितेकी हुन् ।

सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीहरूलाई महोत्सवको अन्तिम दिन पौष १५ गते पुरस्कार वितरण गरिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved