ट्रम्पको शपथअघि हाजिर हुन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको निर्देशन

नेपालभ्युज

ट्रम्पको शपथअघि हाजिर हुन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको निर्देशन

काठमाडौं । अमेरिकाका विश्वविद्यालयहरूले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि नै कलेजमा हाजिर हुन विदेशी विद्यार्थीलाई निर्देशन दिएको छ ।

न्यूओर्कदेखि क्यालिफोर्नियासम्मका क्याम्पसमा यतिखेर धेरैजसो जाडो बिदा छ ।

जाडो बिदामा घर गएका विदेशी विद्यार्थीलाई २० जनवरीअगाडि नै अमेरिका फर्किन विश्वविद्यालयले निर्देशन दिएको हो ।

अमेरिकामा १.१ मिलियनभन्दा बढी विदेशी विद्यार्थीले सन् २०२३-२४ शैक्षिक वर्षमा भर्ना लिएका छन् ।

ट्रम्पले २० जनवरीमा राष्ट्रपतिको शपथ लिदैँछन् । शपथ ग्रहण गरेपछि ट्रम्पले अमेरिकी अध्यागमन नियम कडा बनाउने अनुमान छ ।

ट्रम्पले मुस्लिम देश र अमेरिका विरोधी देशका मान्छेलाई अमेरिका छिर्न नदिने नीति लिने अनुमान गरिएको छ । सोहीकारण विश्वविद्यालयले विद्यार्थीलाई यस्तो निर्देशन दिएको सीएनएनले जनाएको छ ।

न्यूओक विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गरेका २३ वर्षीय विद्यार्थी प्रमथप्रताप मिश्रा भन्छन्, “यो अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि डरलाग्दो समय हो ।”

ट्रम्पले शपथ लिएपछि विदेशी विद्यार्थीको यात्रामा प्रतिबन्ध लगाउने सम्भावना छ भन्दै कर्नेल विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई बताएको छ ।

क्यालिफोर्निया विश्वविद्यालयले पनि विदेशी विद्यार्थीहरूलाई इमेल पठाउँदै ट्रम्पको शपथ ग्रहणभन्दा एक हप्ताअगावै अमेरिका फिर्ता हुन निर्देशन दिएको छ ।

यस्तै, म्यासाचुसेट्स एमहर्स्ट विश्वविद्यालयको ग्लोबल अफेयर्स कार्यालयले धेरै सावधानीपूर्वक सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विद्वानहरू, संकाय र कर्मचारीहरूलाई नयाँ प्रशासनको पहिलो दिनअघि क्याम्पसमा फर्किन आग्रह गरेको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कीर्गिजस्तान, नाइजेरिया, म्यानमार, सुडान, तान्जानिया, इरान, लिबिया, उत्तर कोरिया, सिरिया, भेनेजुएला, यमन र सोमालियामाथि प्रतिबन्ध लगाएका थिए ।

यसपटक ट्रम्पले यो चीन र भारतमाथि पनि प्रतिबन्ध लगाउन सक्ने सम्भावना रहेको छ ।

चुनावी अभियानका क्रममा ट्रम्पले इरान, लिबिया, इराक, सुडान, सोमालिया, सिरिया र यमनका मानिसको अमेरिका आवागमन कडाइ गर्ने र अघिल्लो कार्यकालमा आफूले लगाएको यात्रा प्रतिबन्धलाई फेरि सुरु गर्ने बताएका थिए ।

ट्रम्पले प्रतिबन्धित गरेको देशहरूलाई जो बाइडेनले सन् २०२१ मा पदभार ग्रहण गरेपछि प्रतिबन्ध फुकुवा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved