थोरै घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

थोरै घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्य थोरै घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन आज प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलबार भने नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियो । मंगलबार सुन प्रतितोला १ लाख ४९ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर आज १ हजार ८०० मा कारोबार भइरहेको छ ।

मंगलबार भने चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८०५ मा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved