डीपी अर्याल रास्वपाको कार्यवाहक सभापति

नेपालभ्युज

डीपी अर्याल रास्वपाको कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।

रास्वपाको आज बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

सभापति रवि लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्न सिफारिस गरेकोले सोहीअनुसार बैठकले निर्णय गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved