पोखरामा ‘वर्ल्डलिङ्क कार्निभल’ हुँदै

नेपालभ्युज

पोखरामा ‘वर्ल्डलिङ्क कार्निभल’ हुँदै

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ । यस कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरू, बालबच्चाहरूको लागि खेलहरू, विभिन्न प्रकारमा रमाइला खेलहरू रहने वर्ल्डलिङ्कले जनाएको छ ।

यस कार्निभलको मुख्य आकर्षणको रूपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुति रहने तथा त्यसका साथै विभिन्न स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहने छ । चर्चित कार्यक्रम प्रस्तोता ‘सुजिता श्रेष्ठ’ द्वारा सञ्चालन गरिने यस कार्निभलमा चर्चित डिजे ‘डिजे एमी’को प्रस्तुति समेत रहने छ ।

यस कार्निभल पौष १३ गते शनिबारको दिन बिहान ९ बजे बाट सुरु भई बेलुकी ५ बजेसम्म रहने छ ।

यस कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरू, ‘पबजी प्रतियोगिता’ तथा विभिन्न स्टलहरू रहने छन् । साथै यसै कार्यक्रममा ‘बिट द स्पीड’ को प्रतियोगिता समेत हुने वर्ल्डलिङ्कले जनाएको छ ।

प्रतियोगितामा १४५ कि.मी. प्रति घण्टा भन्दा माथिको बलिङ्ग गर्न सफल भएमा एक प्रतियोगीले ‘आईफोन १६’ उपहार पाउन सक्नेछन् । यस कार्निभलमा सहभागी हुन चाहनेहरूको सहजताको लागि वर्ल्डलिङ्कले पोखरामा पामेसम्मका लागि निःशुल्क बस सेवा समेत प्रदान गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved