बाजुरा । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहान ४:१४ बजे ५.२ म्याग्निच्यूडको भूकम्पले हल्लाएको छ।
प्रारम्भिक रिपोर्टअनुसार, मानवीय क्षति नभएको भए पनि केही घरमा क्षति पुगेको छ ।
वडाध्यक्ष गौरी सार्कीका अनुसार, भौतिक क्षतिका विवरण सङ्कलन भइरहेको छ । “केही घरमा क्षति भएको हुन सक्छ, तर अहिलेसम्म मानवीय क्षतिबारे कुनै सूचना प्राप्त भएको छैन,” उनले बताए ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले पनि मानवीय क्षति नभएको पुष्टि गरेका छन् । “धेरै ठाउँमा भूकम्पको धक्का महसुस भए पनि कुनै गम्भीर क्षतिको सूचना छैन,” उनले भने।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु गोत्री क्षेत्र नै थियो । यस भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
Facebook Comment
Comment