राप्रपाद्वारा पुस २७ मा भव्य पृथ्वी जयन्ती मनाउने घोषणा

नेपालभ्युज

राप्रपाद्वारा पुस २७ मा भव्य पृथ्वी जयन्ती मनाउने घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते पृथ्वी जयन्ती भव्य रूपमा मनाउने भएको छ ।

शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

केन्द्रीयरूपमा भृकुटीमण्डपमा जलपान समारोहसहित चियापान कार्यक्रम आयोजना हुनेछ ।

साथै, ७७ वटै जिल्लामा पृथ्वी जयन्ती मनाउने गरी विभिन्न कार्यक्रम तय गरिएको छ। यस अवसरलाई भव्य बनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

यही बैठकमा उपनिर्वाचनको समीक्षा लगायतका विषयमा पनि छलफल भएको थियो। शनिबार पुनः बैठक बस्ने योजना रहेको श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved