नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त

नेपालभ्युज

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त

काठमाडौं । डा. बिन्दुनाथ लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ अनुसार उनको कार्यकाल ४ वर्षको रहनेछ ।

लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक पूरा गरी स्वर्ण पदक हासिल गरेका थिए ।

त्यस्तै, सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

उनको अनुभव र शिक्षाले नेपाल विश्वविद्यालयलाई उचाइमा पुर्‍याउने अपेक्षा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved