पूर्वराष्ट्रपति भण्डारी स्याङ्जामा : शाह वंशको कुलदेवताको रुपमा रहेको आलमदेवीमा पूजा गर्ने

नेपालभ्युज

पूर्वराष्ट्रपति भण्डारी स्याङ्जामा : शाह वंशको कुलदेवताको रुपमा रहेको आलमदेवीमा पूजा गर्ने
फाइल तस्वीर ।

वालिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्याङ्जा पुगेकी छिन् ।

कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि शुक्रबार स्याङ्जा आइपुगेकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सीमाना फेदीखोलादेखि पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीयलगायतले स्वागत गरेका हुन् ।

सडकमार्ग हुँदै यहाँ आएकी पूर्वराष्ट्रपति भण्डारीलाई जिल्लाका विभिन्न स्थानमा नागरिकले फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए ।

भण्डारीले शुक्रबार दिउँसो शाह वंशको कुलदेवताको रुपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

‘पूर्वराष्ट्रपति भण्डारी आलमदेवी मन्दिरमा पूजाआजा तथा यस ठाउँको अवलोकन गर्नका लागि आउनुभएको हो,’ उनले भने, ‘नितान्त पूजाआजाका लागि आउनुभएकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।’ -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved