बाहुबलीको रेकर्ड तोड्दै पुष्पा-२, १५ दिनमा कति कमायो ?

नेपालभ्युज

बाहुबलीको रेकर्ड तोड्दै पुष्पा-२, १५ दिनमा कति कमायो ?

काठमाडौं । पुष्पा-२ ले विश्वव्यापी रुपमा राम्रो कमाइ गरिरहेको छ । डिसेम्बर ५ मा रिलिज भएको यो फिल्म आज १६औं दिन पनि हलमा लागिरहेको छ ।

अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्मले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । सुकुमार निर्देशित यो एक्सन थ्रिलर फिल्मले पहिलो दिन विश्वभर करिब २८८ करोड रुपैयाँ कमाएको थियो ।

पठान जस्ता फिल्मलाई पन्छाउँदै फिल्मले विश्व बक्स अफिसमा केही समयमै १००० करोडको आँकडा पार गरिसकेको छ ।

१५औं दिन अर्थात् बिहीबारसम्म फिल्मले विश्वव्यापी बक्स अफिसमा आफ्नो नाममा अर्को नयाँ कीर्तिमान कायम गरेको छ ।

ट्रेड एनालिस्ट मनोबाला विजयबालनले एक्समार्फत फिल्मको विश्वव्यापी तथ्याङ्क साझा गर्दै फिल्मले १५०८ करोड रुपैयाँ कमाएको जानकारी दिएका छन् ।

भारतमा यो वर्षको पहिलो फिल्म हो, जसले विश्वभर १५ सय करोडको आँकडा छोएको छ ।

यो फिल्मले उत्तर अमेरिकामा हरेक दिन राम्रो व्यापार गरिरहेको छ, बाहुबलीको विश्वव्यापी रेकर्ड तोड्न अब मात्रै ३०० करोड बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved