सुर्खेतमा निसास्सिएर आमाछोराको मृत्यु, छोरीको उपचार हुँदै

नेपालभ्युज

सुर्खेत । वीरेन्द्रनगरमा आगोमा निस्सासिएर आमाछोराको मृत्यु भएको छ ।

बुधबार राति वीरेन्द्रनगर–४ भैरवस्थानस्थित समावेशी टोलमा घरभित्र सुतिरहेका ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीया छोरा रियान थापाको मृत्यु भएको हो ।

बुधबार राति चिसोबाट बच्नका लागि बालेको आगोले निस्सासिएर आमा–छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्रनर वीर विश्वकर्माले बताए ।

घाइते भएकी ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

घटना बुधबार रातिको भएपनि बिहीबार बिहान साढे ९ बजे मात्र खबर प्राप्त भएको प्रवक्ता विश्वकर्माले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved