फिफा द बेस्ट अवार्ड : सर्वाधिक जित्नेमा मेसी, कति जितेका छन् रोनाल्डोले ?

नेपालभ्युज

फिफा द बेस्ट अवार्ड : सर्वाधिक जित्नेमा मेसी, कति जितेका छन् रोनाल्डोले ?

काठमाडौं । विश्व फूटबल महासंघ (फिफा)ले प्रदान गर्ने ‘फिफा द बेस्ट’ अवार्ड हालसम्म पाँच जना खेलाडीले जितेका छन् ।

हालै ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियर विजेता भएसँगै याे अवार्ड जित्नेको संख्या पाँच पुगेको हो ।

फिफाले सन् २०१६ देखि यो अवार्ड वर्षका उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको छ । जसमा २०२४ का लागि पुरुषतर्फ भिनिसियसले हात पारेका हुन् ।

द बेस्ट अवार्ड जित्नेमा हाल अमेरिकी क्लब इन्टर मायमीमा आबद्ध अर्जेन्टिनाका विश्वविजेता कप्तान लियोनल मेसी छन् । उनले यो अवार्ड २०१९, २२ र २३ गरी तीनपटक जितेका छन् ।

यस्तै क्लब फूटबलमा उनका प्रमुख प्रतिद्वन्द्वी रहेका पोर्चुगलका कप्तान रोनाल्डो र रोबर्ट लेवान्डोस्कीले दुईपटक यो अवार्ड हात पारेका छन् । हाल साउदी अरेबियाको क्लब अल–नासरमा आबद्ध रोनाल्डोले दुईपटक अवार्ड जितेका छन् ।

रोनाल्डोले यो अवार्ड २०१६ र १७ मा जितेका छन् ।

यसैगरी स्पेनिस क्लब बार्सिलोनाबाट खेलिरहेका पोलिस कप्तान लेवान्डोस्कीले पनि दुईपटक नै द बेस्ट अवार्ड जितेका छन् । उनले यो अवार्ड २०२० र २१ मा जितेका हुन् ।

साथै यो अवार्ड रियल म्याड्रिडमा आबद्ध क्रोएसियाका कप्तान लुका मोड्रिचले एकपटक जितेका छन् । उनले २०१८ मा जितेका हुन् ।

यस वर्षको द बेस्ट महिला अवार्ड भने आइताना बोनमतीले जितेकी छिन् । बार्सिलोना तथा स्पेनकी यी खेलाडीले लगातार दोस्रोपटक यो अवार्ड हात पारेकी हुन् ।

हेराैँ सूची : 

 

भिनिसियस र बोनमती बने ‘फिफा द बेस्ट’, कसलाई के अवार्ड ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved