मेक्सिकन क्लबलाई हराउँदै रियल म्याड्रिडले जित्यो इन्टर कन्टिनेन्टल कपको उपाधि

नेपालभ्युज

मेक्सिकन क्लबलाई हराउँदै रियल म्याड्रिडले जित्यो इन्टर कन्टिनेन्टल कपको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ ।

बुधबार राति कतारमा भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३–० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलको जितमा किलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले एक–एक गोल गरे ।

खेलको ३७औं मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको ५३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८४औं मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै रियलको ३–० को जित सुनिश्चित गरे ।

युरोपियन च्याम्पियन रियलले सिधै फाइनल खेल्दा पाचुकाले कनकाकाफ च्याम्पियन भएर ब्राजिल र इजिप्टको क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो ।

इन्टर कन्टिनेन्टल कपलाई यसअघि क्लब विश्वकप भनिन्थ्यो । नयाँ फम्र्याटको क्लब विश्वकप आएपछि यसको नाम फेरिएको हो ।

फिफाको उत्कृष्ट–११ मा रियल म्याड्रिड र स्पेनका खेलाडीको वर्चश्व

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved