सुदूरपश्चिमका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा जितु उपाध्याय नियुक्त

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा जितु उपाध्याय नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा जितु उपाध्याय नियुक्त भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुर नगरपालिका–१ निवासी उपाध्यायलाई यही पुस महिनादेखि लागू हुनेगरी राजनीतिक सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए ।

अछाममा जन्मिका ३९ वर्षीय डा उपाध्यायले दक्षिण कोरियाको विश्वविद्यालयबाट ‘फुड साइन्स र टेक्नोलोजी’ विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् । प्रवासमा रहेर उनी अध्ययन, अध्यापन, अनुसन्धानसँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved