अस्कर दौडबाट बाहिरियो ‘शाम्बाला’, सेलेनाको फिल्म ६ विधामा छनोट

नेपालभ्युज

अस्कर दौडबाट बाहिरियो ‘शाम्बाला’, सेलेनाको फिल्म ६ विधामा छनोट

काठमाडौं । नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ ९७औं अस्कर अवार्डको दौडबाट बाहिरिएको छ ।

‘द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्स’ले १० विधामा फिल्महरुको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको छ ।

जसमा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको प्रमुख विधातर्फ छनोट भएपनि अस्करको ‘सर्टलिस्ट’मा भने पर्न सकेन ।

यो वर्ष गायिका सेलेना गोमेज अभिनित ‘इमिलिया परेज’ ६ विधामा छनोट भएको छ । युनिभर्सल पिक्चर्सले निर्माण गरेको ‘विक्ड’ले भने ४ विधा समेटिएको छ ।

अस्करले एनिमेटेड सर्ट फिल्म, डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट, इन्टरनेसनल फिचर, लाइभ एक्सन सर्ट, मेकअप, हेयर स्टाइलिङ, ओरिजिनल स्कोर, ओरिजिनल सङ, साउन्ड र भिजुअल इफेक्ट्स विधामा फिल्महरूको सूची सार्वजनिक गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved