दिल्लीको वायु प्रदूषण: कोभिडभन्दा खतरनाक, जनस्वास्थ्य सङ्कटको चेतावनी

नेपालभ्युज

दिल्लीको वायु प्रदूषण: कोभिडभन्दा खतरनाक, जनस्वास्थ्य सङ्कटको चेतावनी

एजेन्सी । भारतको राजधानी दिल्ली अहिले वायु प्रदूषणको चरम सङ्कटमा छ, जुन कोभिड–१९ महामारीभन्दा पनि खतरनाक रहेको विज्ञहरूले बताएका छन् ।

एअर टेक्नोलोजी कम्पनी आईक्यू एअरका ग्लोबल प्रमुख कार्यकारी फ्रान्क ह्याम्सले अहिले दिल्लीमा रहेको विषाक्त हावाको प्रभाव कोभिड–१९ महामारीको तुलनामा जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने खालको रहेको बताएका बीबीसीले जनाएको छ ।

एअर टेक्नोलोजी कम्पनी आईक्यू एअरका ग्लोबल प्रमुख कार्यकारी फ्रान्क ह्याम्सले  भने, ‘ दिल्लीको विषाक्त हावाले जनस्वास्थ्यमा कोभिड–१९ भन्दा ठूलो प्रभाव पारिरहेको ।’

विषाक्त हावाको स्तर: डब्ल्यूएचओको मापदण्डभन्दा माथि

दिल्लीको वायु गुणस्तर मापन सूचक (एयर क्वालिटी इन्डेक्स – AQI) अहिले पाँच सय ८१ छ। यो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको सुरक्षित सीमाभन्दा १५ गुणा माथि हो।

डब्ल्यूएचओका अनुसार AQI ४० सम्म सुरक्षित मानिन्छ। तर दिल्लीमा यो स्तर ३५ गुणा बढी पुग्न थालेको छ। तीन सयभन्दा माथिको AQI लाई घातक मानिन्छ, तर दिल्लीमा लामो समयदेखि यस्तो अवस्था कायम छ।

आँखा पोल्नेदेखि सास फेर्न गाह्रो

वायु प्रदूषणका कारण दिल्लीका बासिन्दामा श्वासप्रश्वास समस्या, आँखा पोल्ने, घाँटी चिलाउने जस्ता स्वास्थ्य समस्याहरू तीव्र रूपमा देखिएका छन् । लगातार महिनौँसम्म प्रदूषित हावा सर्ने हुँदा दीर्घकालीन स्वास्थ्य संकट निम्तिने खतरा छ ।

सरकारले नागरिकलाई सकेसम्म घरभित्रै बस्न र बाहिर निस्कनु परे अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिएको छ । तर, यो उपाय छोटो अवधिका लागि मात्रै प्रभावकारी हुने भन्दै विज्ञहरूले प्रदूषण नियन्त्रणका दीर्घकालीन उपाय अवलम्बन गर्न चेतावनी दिएका छन् ।

यदि तुरुन्त कदम चालिएन भने दिल्लीको यो प्रदूषणले जनस्वास्थ्यलाई भयावह स्तरमा पुर्‍याउन सक्ने खतरा देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved