निकिता पौडेल भन्छिन् – ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु

नेपालभ्युज

निकिता पौडेल भन्छिन् – ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेलले आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ देखाएको गुनासो गरेकी छन् ।

आफ्नो बैङ्क खाताबारे अफवाह फैलाउँदै मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाजसमेत मुकदर्शक बनेको उनी बताउँछिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘खाता मेरो हो । यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।

अनुसन्धानमा रहेको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको पौडेलले बताइन् । उनले ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै आएको बताएकी छन् ।

उनले थप लेखेकी छन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न । मैले पनि हाँस्दै भने, त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved