५ रन नपुग्दा मार्टिन गप्टिल अर्धशतक बनाउनबाट चुके

नेपालभ्युज

५ रन नपुग्दा मार्टिन गप्टिल अर्धशतक बनाउनबाट चुके

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्ध विराटनगर किंग्सका मार्टिन गप्टिल अर्धशतक बनाउनबाट चुकेका छन् ।

१३.५ ओभरमा गप्टिललाई ४५ रनमा कुशल मल्लले आउट गरेका हुन् । सो क्रममा गप्टिलले ३५ बलमा १ चौका र ६४ छक्का प्रहार गरे ।

विराटनगरले पहिलो ओभरमा नै २ विकेट गुमाए । चितवनका रिजन ढकालले दोस्रो बलमा लोकेश बमलाई डकआउट गरे । चौथो बलमा रिजनले दिपक बोहरालाई ४ रनमा आउट गरे ।

१.४ ओभरमा चितवनका साहेल तन्वीरले स्कट एड्वार्ड्सलाई शून्यमा आउट गरे । ६.२ ओभरमा निकोलस कीर्तन ८ रनमा आउट भए ।

टस जितेर विराटनगरले पहिले ब्याटिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved