काठमाडौं । नेपाली धाराबाहिक नाटक श्रृङ्खला मनको बाँध सार्वजनिक भएको छ ।
फोकस पिक्चर्स प्रालिले निर्माण गरेको तथा प्रदीप खड्गीको निर्देशन रहेको धाराबाहिक नाटक श्रृङ्खला फोकस पिक्चर्स युट्यूब च्यानलमार्फत नियमित रुपमा प्रसारण सुरु भएको हो ।
नेपाली पारिवारिक परिवेशमा समर्पणभाव, फरक समाजभित्रको प्रेमकथा र मनभित्रको भावनालाई व्यक्त नगर्दा आइपर्ने समस्या र भोगाइ चित्रण गरिएको नाटक श्रृङ्खलाको पहिलो भाग हिजो २७ गते बिहीबार बेलुकी ७ः०० बजेदेखि प्रसारण भएको छ ।
यसअघि निर्देशक खड्गीले नेपाली ऐतिहासिक कथावस्तुमा आधारित चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, थ्रिलर फिल्म अपीच्य, बहुभाषी नेपाली चलचित्र हिमआँधीलगायत निर्देशन गरिसकेका छन् । खड्गी अध्यक्ष रहेको फोकस पिक्चर्सको व्यानरमा थुप्रै म्यूजिक भिडिओ, भिडिओ डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् ।
मनको बाँध धाराबाहिकका क्रियटिभ डाइरेक्टर सन्तोष केसी रहेका छन् भने कार्यकारी डाइरेक्टर आशिष शाही, प्रोड्युसर सन्नी शाही तथा सञ्चार संयोजकमा केके मानन्धर रहेका छन् ।
दिवस खड्काको कथा रहेको यस धरवाहिकमा कलाकार श्रेया कर्माचार्य, दृष्टि थापा, सनिश शाक्य, प्रवीण बजगाईं, रवीन्द्र नेपाल, तृषला गुरुङ, विशेष भट्टराई, अविनेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, कृष्ण भक्त महर्जन, लक्ष्मी कुमार महर्जन, राजेन्द्र महर्जनको अभिनय रहेको छ ।
Facebook Comment
Comment