अभिनेत्री कीर्ति सुरेशले गरिन् प्रेमी थिटिलसँग बिहे

नेपालभ्युज

अभिनेत्री कीर्ति सुरेशले गरिन् प्रेमी थिटिलसँग बिहे

काठमाडौं । साउथ अभिनेत्री कीर्ति सुरेशले प्रेमी एन्टोनी थिटिलसँग विवाह गरेकी छन् ।

दुबैले बिहीबार गोवामा तमिल रितीरिवाज अनुसार विवाह गरेका हुन् । मिडिया रिपोर्टअनुसार यो जोडी विगत १५ वर्षदेखि एकअर्कालाई डेट गर्दै थिए ।

कीर्तिले आफ्नो विवाहको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा दुलही कीर्ति निकै सुन्दर देखिएकी छिन् ।

इटाइम्सरिपोर्ट अनुसार थाटिल एक व्यापारी हुन्, जो दुबई र कोची, केरलामा काम गर्दछन् । उनको गृहनगरमा धेरै रिसोर्टहरू पनि छन् । यति मात्र होइन, कीर्तिको गृहनगरमा धेरै व्यवसाय पनि छन् ।

कीर्ति सुरेशले सन् २००० मा बाल कलाकारका रूपमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि सन् २०१३ मा उनले मलयालम फिल्म गीताञ्जली बाट मुख्य अभिनेत्रीको रूपमा डेब्यू गरिन् । यस फिल्मका लागि उनले सिमा अवार्डमा बेस्ट डेब्यू अवार्ड पनि प्राप्त गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved