प्रतिष्ठाको लडाइँमा लुम्बिनी, जितका साथ प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा कर्णाली

नेपालभ्युज

प्रतिष्ठाको लडाइँमा लुम्बिनी, जितका साथ प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा कर्णाली

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शुक्रबार) पनि दुई खेल हुँदैछन् ।

पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल बिहान ९ र दोस्रो खेल १ बजे सुरु हुनेछ ।

लुम्बिनी प्रतियोगिताबाट बाहिरिइसकेको छ । यसर्थ उसका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । पहिलो संस्करणको एनपीएलमा आफ्नो अन्तिम खेल खेल्दै गरेको उ जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

यता कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । आज लुम्बिनीविरुद्ध जित हात पार्दै कर्णाली प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ ।

लुम्बिनीको कप्तानी रोहित पौडेल तथा कर्णालीको सोमपाल कामीले गर्नेछन् ।

आजको दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतियोगिताअन्तर्गत ५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । उ यो खेलमा जित निकालेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा रहेको छ ।

५ खेलमा ४ मा हार र १ मा जितका साथ विराटनगर तालिकाको पुछारमा छ । यो खेलमा जित हात पार्दै विराटनगर प्लेअफको झिनो सम्भावना कायमै राख्न चाहन्छ ।

अंक तालिका :

‘महान’ क्रिकेटर लारा आज नेपाल आउँदै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved