एनएसएलको तेस्रो सिजन चैत १६ देखि सुरु हुने

नेपालभ्युज

एनएसएलको तेस्रो सिजन चैत १६ देखि सुरु हुने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फूटबलको तेस्रो सिजन यही २०८१ यसै वर्षको चैत १६ गतेदेखि सुरु हुने भएको छ ।

उक्त प्रतियोगिता अखिल नेपाल फूटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गर्नेछ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई चैत्र १६ गतेदेखि सुरु हुनेगरी अनुमतिपत्र प्रदान गरेका हुन् ।

एन्फा महासचिव राईले नेपाल सुपर लिगले नेपाली फूटबलको स्तरउन्नतिको लागि महत्वपूर्ण छाप छोडेको र नेपाली फूटबलको विकासमा ठूलो योगदान पुर्याएको बताए ।

प्रबन्ध निर्देशक कार्कीले एनएसएलको तेस्रो सिजनका लागि आफू उत्साहित रहेको र सार्थकका लागि यो सिजन झनै स्मरणीय बनाउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved