रविलाई दुर्व्यवहार भएको भन्ने प्रचारप्रति चितवन प्रहरीको ध्यानाकर्षण

नेपालभ्युज

रविलाई  दुर्व्यवहार भएको भन्ने प्रचारप्रति चितवन प्रहरीको ध्यानाकर्षण

काठमाडौं । चितवन प्रहरीले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा लाने क्रममा दुर्व्यवहार भएको भन्दै सामाजिक संजालमा भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

चितवन प्रहरीले आइतबार एक विज्ञप्ति जारी गर्दै तथ्यहीन, भ्रामक एवं झुट्टा समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा भनिएको छ,  ‘बयान कार्य सकिएपश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट गरी सकेपश्चात् त्यहीँबाटै सुरक्षा सतर्कता अपनाएर जिम्मेवार प्रहरी अधिकृतको कमाण्डमा कास्की लगिएको थियो ।’

‘प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुव्र्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भिर ध्यानाकर्षण भएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा अनुसन्धान बिथोल्नेगरी प्रहरीमाथि नै ढुंगामुढा प्रहार भएको, मौसम हवाई उडानका लागि प्रतिकूल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भिडबाट लामिछानेकै पनि सुरक्षामा असर पर्नसक्ने भन्दै सोही दिन राति उनलाई कास्की लगिएको विज्ञप्तिमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved