अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

नेपालभ्युज

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएका छन् ।

आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने बताइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved