काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्दै मानवअधिकार हनन गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीको तर्फबाट उजुरी दिएका हुन् । लामिछानेको ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन पार्टीले अनुरोध गरेको छ ।
निवेदनमा लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उनीविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानूनबमोजिम कारबाही गर्नुपर्ने माग गरिएको छ ।
पत्रमा भनिएको छ, ‘प्रहरी अनुसन्धानका लागि भनि लगिएको उहाँलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ।’
चितवनबाट अमानवीय ढंगले पोखरा स्थानान्तरण गरिएको भन्दै रास्वपाले आपत्तिसमेत जनाएको छ ।
Facebook Comment
Comment